Sunday, October 7, 2012

कथा......

"text-align: left;" trbidi="on">

”मेरो कथा मेरो पिडा” लेखक: काशिराम समयनै यस्तै रैछ जहाँ हरेक पलपलमा डस्दैछ। डसिराहोस आखिर यस्ता डसाईहरु सहनु पर्दो रैछ।समय हिजो पनि दौडिरहेको थियो, र आज पनि दौडिरहेकोछ। त्यै हो देउरालिको चौतरी आजपनि त्येहि छ हामि तिनै होउ जो हिजो त्येहि बिसाई फ़ेरेका थियौ। आज याद आउछ त्येहि पल जुन पल कसैसंग बितेको थियो। जुन चौतारिमा संगै जिउने बाचा बंधन थियो । आज त्यो बाचा बंधन मैले आफ़ैले तोडेको छु। जुन बेला आकशका तारा झर्ने बाचा थिए, तिमिलाई दिएका मेरो मुटु म आफ़ै फ़िर्ता लिदैछु।यो सबै बिबसता हो ।रोजि तिमिलाई थाहा छ म कसैको मन कुंडिएको हेर्न कसरि सक्छु, म अरुको खुसि लुटेर कसरि खुसि हुन सक्छु?? हो रोजि म खुसि हुन सक्दैन। अब हाम्रो माया यत्तिकैमा पुर्नबिराम लाग्नेछ। सपना त थिए हजारौ तर सबै टुति गए, म झुपडिको मान्ंछे हूँ तिमि महलकि राजकुमारी । म दुखि गरिबको सपना महलमा रमाउने थिएन कसरि हुन्ंछ आफ़्नो दुई गास पुरा गर्ने मात्र त थियो। हिजो सपना सजाएको थिए कि तिमिलाई आफ़्नो बनाई दुनिया बाट टाडा जहाँ कसैले नदेख्ने ठाउमा जाने कल्पना सुनाउने तिमि अनि सुन्ने म धत¡ यि त सब भन्ने कुरा मात्र पो रैछन। तिमिले सिरियस कहिल्यै सोचिनौ तर म गहिराईमा डुबे जाहाँबाट आज सम्म निस्कन सकेको छैन। हिजो पनि तिमि धनिकि छोरि थियौ आज पनि छ्यौ। हिजो मलाई प्रस्ताप गर्ने बेला किन सोचिनौ | आखिर साथ तोड्नु रैछ त किन जोड्न आयौ नाता । एक पटक सोच त रोजि तिम्रा लागि म कति पटक आफ़्नै साथि संग दुस्मन भए। आज भन्न मन लागेको छ रोजि म गरिब संग किन उधारो माया गास्न आयौ?? अब त याद छैन होला तिमि सुभ्रान्ंत परिवारकि छोरी हौ। बितेका पल सम्झेर तिमि आफ़्नो महत्वपुर्ण समय खेर नफ़ाला। म लफ़ांगो न हूँ ,मेरो काम के पो छ र??? यहि बितेका पल सम्झियो आकशका तारा गन्यो अरु क पो छ र म संग?? हो रोजि तिमि र म आज फ़रक बाटोमा उभिएका छौ। हाम्रो मिलन अब क्षितिज भयो ।तिमि म संग नभए पनि तिम्रो याद छ म संग तिम्रो माय छ म संग ,जुन मायाको अर्थ छैन तैपनि किन हटिनौ मेरो मन बाट??? हिजो तिमिले मलाई किन माय गरि आज यता न उताको बनायौ?? किन माग्न आयौ साथ म जे थिए थिकै थिए तर तिमि आए पछि मेर सबथोक गुमे। उफ़! कस्तो भाग्य रैछ मेरो जिबन मा कहिल्लै खुसिको अनुभव गर्न सकेन।भबिस्य कहाँ छ थाहा छैन बर्तमान यहि हो जुन धरातलमा उभिरहेको छु। सायद भाबिको छैठौ दिनमा भाग्य लेख्ने कलमको मसि सकिएको रैछ। सधै एकान्ंतमा हराउनु मेरो दिनचर्या बनेको छ। दिन त जसो तसो काट्ने गर्छु तर रात काट्न कठिन हुन्ंछ। आकाश म जुन अनि तारा संग टोलाउदै हराउन मज़्ज़ लाग्छ। मेरो भाभुक अनुहार देखेर होला मेरो भाईले मलाई बोलाउदा म झस्कन पुगेछु। ”दाई किन क भयो हिजो आज यसरि निरास जिबन बिताउनु भाको छ”??भाईलाई केहि होइन भन्ंदै म जुरुक्क उठेर कोथामा जान्ंछु। भाई कसम मेरो पछि पछि आउदै बोल्यो” आज भन्नै पर्छ नभनि सुख पाउनु हुदैन”उफ़! म दोधारमा परे क गरु कसो गरु शरिर बाट पसिना आउन थाले ओठ काप्न थाल्यो। सत्य आखिर एक न एक्दिन बाहिर आउछ नै हो आज बर्सौ देखि लुकाएको ब्यथा फ़ुकाउन थाले ” कसम मेरो कथा सुनेर तेरो मन दुख्छ भाई, हो भाई म आज सारा कथा सुनाउछु ” बिचरा टुलुटुलु हेर्दै थियो म भावनामा बहकिदै बोले : भाई आज भन्ंदा 5 साल पहिले फुपुको छोराको बिहे भएको थाहा छ नि हो त्यैहि दिन बाट म पागल बनेको हो। मेरो कुर काट्दै कसम बोल्छ ” उसको बिहे भयो राम्रै त भयो नि रोजि जस्तो धनि बाउकि छोरि पायो ध्रुर्ब पनि त के कम थियो रा एच के को आइडी वाला तर दाई कुर क हो बुझेन??म फ़ेरि बोल्छु :हो हो रोजि भाग्यमानि रैछे अनि ध्रुर्बपनि तर भाई थाहा छ म पनि एच के आइडी वाला भएको भए आज रोजि………….उसले मेरो कुरा बुझ्यो अनि बोल्यो ए ! मतलब तपाई रोजिलाई???????”हेर कसम जिन्ंदगि यस्तै हो सोचेको कुरा कहा पुरा हुदो रैछ र! केवल दिवा सपना मात्रा हुदो रैछ हामि गरिब को लागि ।कसम माया पाउन त पैसा चाहिदो रैछ । कसम का आखामा आँसू टिलपिल भईसकेको थियो म भने आँसू को गहिराईमा थिए आँसू बगेर मुख मा आई नुनिलो हुदा थाहा पाए अनि क भयो दादा कसमले सोध्यो ” अनि कसम रोजि को बिहे भन्ंदा एक दिन अगाडि मात्र थाहा पाए कि उस्को बिहे मेरो आफ़न्ंत संगै हुदै छ। त्यो बेला म चाहेर पनि केहि गर्न सकेन । उता ध्रुर्बलाई कसरि भनु रोजि र म माया गर्छौ नभनौ त सब्थोक गुमाउनु पर्ला भन्ने पिर ।म रोजि को घरमा गए रोजि लाई अंगालो मा बाधेर रुन चाहन्ंथे तर रोजि धनि पाएर होला मलाई भुलि सकेकि रैछे ” आईमाईको मन बुझ्न सकिन्न भन्ंछन हो रैछ कसम। उ सुक्क रुदै बोल्यो दाई रोजिले तपाईलाई केहि आस्वसन दिईन त?? कसम रोजिले मलाई मात्र यति भनिकि यति तिमि संग क्षमता छ भने आट मलाई भागाएर लैजाउ ‘ म झस्के भोलि क होला गाउमा कस्तो हल्ला चल्ला हो म यहि सोचे तर आफ़ुले माया गर्ने मान्ंछेले भनेको कसरि नाई भन्नु नि राति 1 बजे घर छाडेर भाग्ने योजना बनायौ रातको एक बजे जहा उस्ले आउनु भनेकि थिई त्येहा 3 घण्टा कुरि बसे आउलि भनि … उस्को बाटो हेर्दा हेर्दै बिहान भयो उता ध्रुर्बको घरमा नौमति बाज बज्न थाल्यो यता म घाएल भई घरमा आए अब त आफ़ै भन त म कसरि मन लाई समालेर बसु??कसम ले अंकमाल गर्दै बोल्छ दादा अब रुनु पर्दैन त्यो बेला तपाई संग धन थिएन अब त तपाई संग के छैन र! रोजि लाई पछुतो लाग्नेछ दादा पछुतो किनकि दादा आज तपाई संग पनि त ग्रीन कार्ड छ नि अमेरिकाको हो दादा तपाई आफ़ुलाई समाल्नु दादा तपाईलाई डि. भि. परेको थाहा पाएपछि जब अमेरिका जानु भयो हो तेसपछि एच के बाट फोन आएको थियो रोजिको दादालाई मेरो तर्फ़ बाट माफ़ छ भनुदिनु भन्ने मलाई यो केहि थाहा थिएन तेस्करन भन्न धिलो भयो दादा।जब कसम लाई मनका कुरा सुनाए तब हल्का मन हलुका भयो हो आज भन्न मन लाग्छ मान्ंछे को भोलिको दिन कस्लाई थाहा छ र! हिजो यहि धनको कारण म माय बाट तिरस्कार भएको थिए आज धन छ तर पनि माया छैन आखिर ज भए पनि पहिले माया भुल्न सकिदो रैनछ। तरा याद गर्नु मायालाई कहिल्यै पनि धन संग तुलना नगर्नु सबथोक माया नै हो दुनियामा । भाईलाई पिडा सुनाई सकेपछि मन हलुका त भयो तर रोजिको याद मन बाट हटेर टाढा पुराउनको लागि फ़ेरि बोतलको साहारा लिन थाले……………………….. (कथामा प्रयोग भएका नाम अनि घटनाक्रम काल्पनिक हुन, यदि कसैको वास्तबिक जिबन संग मेल खान पुगेमा त्यो केवल संजोग मात्र हुनेछ।) मोरल: सबै भन्ंदा ठुलो मायानै हो दुनियामा जस्ले पैसाको लागि माया गर्छ त्यो टिक्दैन ,जति पिडा दिएपनि पहिलो माया भुल्न सकिदैन।जदौ

No comments:

Post a Comment