Sunday, October 7, 2012

कशिराम घिमिरे गजल *********** भेट्टाए दोबाटोमा माया बस्ला जस्तो भो| आखा आखा जुधे आकाश खस्ला जस्तो भो|| ज्यान पनि कति राम्रो डिजाईन गरे झै| आखा मात्र होईन मनै डस्ला जस्तो भो|| सजाउने बुन्न थाले दिलमा सपना | थाम्न सकिन अंगालोले कस्ला जस्तो भो|| खोजेको पनि यस्तै हो नि मैले एउटी | सधै भरि दिलमा उहि पस्ला जस्तो भो|| मोहानि हो कि टुनामुना गरि मलाई | काशिराम त अब यतै फ़स्ला जस्तो भो||

No comments:

Post a Comment