लघुकथा
”फ़लानो”
लेखक: काशिराम घिमिरे
आकश उहि हो धर्ति उहि हो। हिजो पनि यहि धर्तिमा हिडेको ,र आज पनि हिडेको छ।
हिजो कति खुशि थियो आज उति दुखि छ। फ़लानो आज म संग बिहानै भेट हुन आएको थियो।
बिचरा फ़लानिले छोडेपछि उसको होश गुमेजस्तै भएको थियो, झुस्स
दारि आएका,नकोरेको लामो जगल्टा लाग्थ्यो उसलाई देख्नेले सजिलै अनुमान गर्न सक्थे
कि एउटा पागल भनि । तर बास्तबिक अर्कै थियो। आज भन्ंदा 8 साल पहिले फ़लानो बिदेस बाट
फ़र्किएको थियो त्यो बेला फ़लानिको साथमा मलाई समेत भुलेको थियो।त्यैपनि मैले सम्झेर आफ़ै
भेट्न जान्ंथे, फ़लानिले आज छोडेकि छे तर उसलाई मत्र होइन सन्सार छोडेर गएकि छे।
आज त 15 दिन मात्र भएको थियो। साहारा दिने कोहि थिएन फ़लानोको उ नितान्ंत
एक्लो थियो उसको साथ्मा रक्सिको बोतल अनि आकशको तारा मात्र थिए,
फ़लानि कसरि मरि थाहा कसैलाई थिएन,तर फ़लानो जिउदो लाश बनेर बाचेको थियो।
बिहानै बजार गएको फ़लानो घर नफ़र्केपछि म उसको साथिको नाताले खोजि गर्दै
जादा एउटा हुल जहाँ कोई मरेको थियो हो त्येहि रोकिए मेरा पाईला अघि बड्ने हिम्मत आएन ।
त्यैपनि मनलाई दरो पारि गए। बिचरा फ़लानोले आत्महत्या गरेको रैछ
अनि कागजको सनो टुक्रामा लेखेको थियो कि मैले गर्दा फ़लानि मरेकि थिई मलाई 10 साल
अगाडिनै एच आई भि पोजिटिभ थिए।
No comments:
Post a Comment